चितवन विशेष

नियमित रक्तदाता हरि न्यौपानेको ५०औं रक्तदानमा भव्य कार्यक्रम, १२१ जनाले गरे रक्तदान

०
Banner

चितवन, माघ २७–

माडी स्थायी घर भएका हरि न्यौपानेलाई पछिल्लो समय धेरैले कठिन समयमा रगत उपलब्ध गराएर महत्वपूर्ण सहयोग गर्ने व्यक्तिका रुपमा चिन्न थालेका छन् ।

नारायणगढमा व्यवसाय गर्दागर्दै अफ्ठयारो परेको बेलामा रगत जुटाउन सुरु गरेका थिए । गाउँका स्थानीय अग्रजहरुको प्रेरणाले रक्तदान गर्नुपर्छ भन्ने बिचारले अघि बढेकान्यौपाने सुरुमा आफैले रक्तदान गर्नुको साथै कहिलेकाँही कसैलाई समस्या परे रगत जुटाउने काम गर्दै आइरहेका थिए । उनले आफू रक्तदान गर्ने भए पनि अरुको लागि मरेरै रगतको खोजी गर्दैनथे । तर एउटा घटनाले न्यौपानेलाई रगत जुटाउने काममा धेरै सक्रिय बनाउने निर्णयमा पु¥यो । सामान्य रुपमा एक परिवारलाई रगत उपलब्ध गराएका न्यौपानेलाई उपचारपछि ती परिवारमा छाएको खुशी र उनीहरुले दिएको आर्शिवादले थप दत्तचित्त भएर रक्तदान अभियानमा लाग्न प्रेरणा मिल्यो । उनी भन्छन्–‘रक्तदान गर्नुपर्छ भन्ने चेतना मसंग थियो तर त्यही घटनाले मलाई सबथोक छोडेर समस्यामा परेका व्यक्तिलाई रगत जुटाउने काममा प्रेरणा मिल्यो । अहिले रक्तदान गर्नुपर्छ भनेर मेची–महाकाली अभियानलाई अगाडि बढाएका छौं ।’

नियमित रक्तदाता तथा उत्प्रेरकको पहिचान बनाएका न्यौपानेले शनिबार ५०औं पटक रक्तदान गरे । ४९ पटक रक्तदान गरेका न्यौपानेको ५०औं रक्तदानमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । ब्लड डोनर्स सोसाइटी नेपालसंगै भरतपुर र नवलपुरका तीन वटा लायन्स क्लवहरुले न्यौपानेको ५०औं रक्तदान कार्यक्रम भव्य रुपमा आयोजना गरेका थिए । लायन्स क्लव अफ भरतपुर सप्तरङगीले संयोजन गरेको कार्यक्रममा लायन्स क्लब अफ गैंडाकोट सप्तरङगी, लायन्स क्लब अफ भरतपुर सप्तरङगी लेडिज समेत आयोजक संस्थामा रहेका थिए ।

उक्त कार्यक्रममा १२१ पिंट रगत संकलन भएको लायन्स क्लव अफ भरतपुर सप्तरङगीका अध्यक्ष ओमकार सिग्देलले जानकारी दिए ।

रक्तदान कार्यक्रमको लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका निवर्तमान गर्भनर लायन सिद्धार्थलाल चुकेले समुद्घाटन गरेका थिए । कार्यक्रममा वर्तमान प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर दिनानाथ न्यौपानेलगायत लायन्स नेताहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>