भरतपुर
ट्राफिक सप्ताहमा मेट्स इन्टरनेशनलको सहकार्य

चितवन, माघ २७-
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले ट्राफिक सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको छ । माघ २५ गते देखि सुरु भएको ट्राफिक सप्ताहमा दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन हुने छ ।
स्कुल, कलेजका विद्यार्थी, टोल विकास संस्थाका पदाधिकारी साथै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय र सहकार्य गरी ट्राफिक सप्ताह मनाइदैछ ।
जिल्लामा दैनिक रुपमा भैरहेका सवारी दूर्घटना र त्यसबाट भएको धनजनको क्षतिलाई न्युनिकरण गरि आम जनसमुदायमा ट्राफिक सचेतना अभिबृद्धि गराउने उद्धेश्यले बागमति प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको बिशेष पहलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको समन्वयमा ट्राफिक सप्ताह कार्यक्रमको आयोजना गरिएको हो ।
उद्घाटन सत्रको प्रभात फेरि कार्यक्रममा शहीद चोक, नारायणगढस्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले जनचेतनामूलक प्ले कार्ड, ट्राफिक स्वयम सेवक स्कार्फ, क्याप अनि ट्राफिक सङ्केत चिन्ह ब्यानर सौजन्य गरेको थियो।
विगत १५ वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा सेवा दिँदै आइरहेको नारायणगढस्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया, क्यानडा, युके, आयरल्याण्ड, न्युजिल्याण्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि काम गर्दै आइरहेको छ।

























