खेलकुद

हिसान कप फुटबलः न्यू क्यापिटल कलेज र ग्रीनल्याण्ड क्वाटरफाइनल

Banner

चितवन, माघ २६–

हिसान चितवनको आयोजनमा जारी हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगितामा न्यू क्यापिटल कलेज र ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएका छन् ।

भरतपुर–१० गेष्टहाउस चौरमा जारी प्रतियोगिता अन्तर्गत आज ९शुक्रबार० सम्पन्न पहिलो खेलमा न्यू क्यापिटल कलेजले प्रेसिडेन्सी कलेजलाई ३–० ले पराजित गर्‍यो । न्यू क्यापिटलको जितमा ओमकार गुरुङले दुई तथा प्रविण बुढाथोकीले एक गोल गरे । ओमकार म्यान अफ दि म्याच भए ।

यो जितपछि न्यू क्यापिटल क्वाटरफाइनल प्रवेश गरेको छ । सेमिफाइनलका लागि न्यू क्यापिटलले एपेक्स एकेडमीको सामना गर्नेछ । एपेक्स यसअघि उद्घाटन खेलमा अर्किड कलेजलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

आजको दोस्रो खेलमा ग्रीनल्याण्ड पब्लिक स्कुलले नारायणी पब्लिक स्कुललाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा ग्रीनल्याण्डले नारायणी पब्लिकलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको हो । त्यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । ग्रीनल्याण्डका गोलरक्षक सुरज शाह म्यान अफ दि म्याच भए ।

यो जितपछि ग्रीनल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ग्रीनल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि गुरुकुल कलेजको सामना गर्नेछ । गुरुकुल पहिलो खेलमा वाल्मीकी शिक्षा सदनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा शनिबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो २ बजे स्टेप बाई स्टेप र अरोमा कलेज भिड्नेछन् । दोस्रो खेल अर्बिड र मिलेनियम मोडल कलेजबीच हुनेछ । उक्त खेल दिउँसो ३ बजे हुनेछ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>