चितवन विशेष

दुध बिक्री भएपछि किसानले भुक्तानी पाउँछनः कृषिमन्त्री भुसाल

Banner

चितवन,माघ २६-

कृषि तथा पुशपंक्षी विकास मन्त्री डा बेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसंग सँक्षिप्त कुराकानी गर्दै मन्त्री भुुसालले यो समयमा दुध उत्पादन बढि भएका कारण किसानको दुध बिक्रि नभएको बताउनुभयो । ‘यो समय नेपालमा दुध बढी उत्पादन गर्ने समय हो । दुध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्छौँ । अहिले समस्या देखिएको दुध बढी भएर हो’, उहाँले भन्नुभयो,‘फागुन लागेपछि दुध विक्रि हुन्छ ।’

उहाँले स्टकमा रहेको पाउडर दुध बिक्री भएपछि किसानको बाँकी रहेको भुक्तानी प्रादन गरिने बताउनुभयो । ‘फागुन लागेपछि स्टकको दुध विक्री हुन्छ । त्यसपछि किसानहरुले रकम पाउनुहुन्छ’, उहाँले भन्नुभयो,‘अहिले पनि केही रकम त पाइरहनु भएको छ,बाँकी फागुनभित्र पाउनुहुन्छ ।’ चितवनका किसानले तीन महिनादेखि दुधको रकम पाउन सकेका छैनन् । स्टकमा रहेको दुग्ध बिक्रि नभएपछि चिवतन मिल्क उद्योग बन्द समेत भएको छ । मन्त्री भूषाल चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रर्दशनीको उद्घाटन गर्न चितवन आउनुभएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>