क्रिकेट

क्यानडाविरुद्ध नेपालले गुमायो पाँचौ विकेट

Banner

काठमाडौं, माघ २५-

क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पाँच विकेट गुमाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रन जोडे। एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

यस्तै भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रनभन्दा बढी जोड्न सकेनन्। कुशल मल्ल आउट हुँदा नेपालले २९।३ ओभरमा ५ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>