समाचार

अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी ठगी गर्ने पक्राउ

०
Banner

सर्लाही, माघ २५-

सर्लाहीको हरिवन नगरपालिका घर भइ ललितपुर बस्दै आएका सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंहलाई अरुको नागरिकतामा फोटो टाँसेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँका दरले रकम असुल्दै आएका पाइएको छ।

मासिक एक लाख ५५ हजार रुपैयाँ तलब पाइने भन्दै तीनैजनाले पीडितबाट ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । उनीहरुले यसअघि पनि ठगी मुद्दामा सजाय भोगिसकेका पाइएको प्रहरीको भनाइ छ ।

तीनैजनामाथि ठगी, कीर्ते जालसाजी, बैंकिङ कसुरलगायत अपराधमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>