Breaking News
नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ
०

काठमाडौं, माघ २५-
नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो । उनीसँगै लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पनि पक्राउ गरिएको छ ।
आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। सूचना पाएपछि पुगेको आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























