कर्पोरेट

महालक्ष्मी बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

Banner

काठमाडौं, माघ २५-

महालक्ष्मी विकास बैँकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् ।

मंगलबार सम्पन्न बैँक सञ्चालक समितिको ५८५औं बैँठकले लम्साललाई माघ २४ गतेबाट लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन् । बैँकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक बैँकको नेतृत्व गरेका थिए ।

१५ वर्षदेखि यसै बैँकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ । यसबीचमा उनले विभिन्न वाणिज्य र विकास बैँकको उच्च व्यवस्थापन तहमा रहेर काम गरिसकेका छन् । बैँक परिवारले मंगलबार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गरेको थियो । सो अवसरमा सीईओ लम्सालले बैँकप्रतिको जनविश्वासलाई अझ बलियो बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको बैँकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । उनले बैँकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन कर्मचारीलाई आग्रह पनि गरे ।

नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैँकको नीति, नियमको अनुपालना गर्दै सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने बताए । ‘ग्राहकलाई गुणस्तरीय सेवा र सेयरधनीलाई उच्च प्रतिफल’ अवधारणालाई केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>