Breaking News
हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएपछि चौधरीसहित ३ जनालाई छाड्ने तयारी
०

काठमाडौँ, माघ २४-
सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले छाड्ने तयारी गरेको छ ।
बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका चौधरीसहित ३ जनालाई प्रहरीले आज (बुधबार) छाड्ने तयारी गरेको हो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाड्न लागेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























