चितवन विशेष

जुगेडीमा लायन्स नारायणगढ नारायणीको निःशुल्क आँखा परीक्षण

Banner

चितवन, माघ २२–

लायन्स क्लव अफ नारायणगढ नारायणीले भरतपुरको जुगेडीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । क्लवको रजत महोत्सव कार्यक्रम अन्तरगत आज कविलास स्वास्थ्य चौकी जुगेडीमा निःशुल्क आँखा परीक्षण गरिएको हो ।

शिविरमा २२५ जनाको आँखा परीक्षण गरिएको क्लवकी अध्यक्ष अञ्जु पियाले जानकारी दिइन् । उनका अनुसार आँखा परीक्षण गराएका मध्ये २५ जनाको मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुको शल्यक्रिया पनि क्लबले नै निःशुल्क गर्ने अध्यक्ष पियाले जानकारी दिइन् । उपचार गराउन आएकाहरुलाई आवश्यकताको आधारमा निःशुल्क औषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक लायन सबरी पियाले जानकारी दिइन् ।

आँखा परीक्षण कार्यक्रमको लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर लायन नवराज सापकोटाले समुद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर लायन राजकुमार श्रेष्ठ, क्लस्टर चिफ लायन विनिता नेपाललगायत लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>