अपराध

प्रहरीको साइबर ब्युरोले भन्योेः विदेशीको फोटो राखेर गरिने भर्चुअल प्रेममा नपर्नू

Banner

काठमाडौँ, माघ २२-

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सामाजिक सञ्जालमा विदेशी नागरिकको फोटो प्रयोग गरेर खोलिएका नक्कली प्रोफाइलबाट ठगिने क्रम बढेको जनाउँदै सचेत रहन आग्रह गरेको छ ।

ब्युरोले आज एक सूचना प्रेषित गर्दै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबरसहितका सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले कुनै विदेशी नागरिकको फोटो प्रयोग गरेर खोलेका नक्कली प्रोफाइलबाट विभिन्न बहानामा ठग्ने क्रम बढेको जनाएको हो । उनीहरूमध्ये कसैले लोभ देखाएर तथा कसैले विश्वासमा पारी ’भर्चुअल लभ’मा पारेर ठग्ने गरेको पाइएको ब्युरोले जनाएको छ ।

‘यस्तो अपरिचित नक्कली प्रेमीको अनुरोधमा आफ्नो नाममा अनलाइन तथा विभिन्न बैँकहरूमा खाता खोलेर अनलाइन बैंकिङको आईडी तथा पासवर्ड उपलब्ध गराउने, बैंकको एटीएम कार्ड तथा चेकबुक अन्य देशमा कुरियर गरी पठाउने, आफ्नो नागरिकताको स्क्यान कपी पठाउने, ओटीपी कोड समेत उपलब्ध गराउने लगायतका कार्यहरू गर्ने गरेको पाइएको छ’, सोमबार ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आफ्नो व्यक्तिगत बैंक खाता, नागरिकतालगायतका विवरणबाट कुनै अपराधिक कार्य भए\गरेको पाइएमा त्यसको जवाफदेही स्वयम् हुनुपर्ने भएकाले त्यस्ता कार्यहरू नगरी कानुनी झन्झटमा पर्नबाट जोगिन आग्रह गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>