चितवन विशेष

डिला खरेलको उदाहरणीय एक दिनः समाजसेवा, परोपकार र सृजनशीलतामा व्यस्त

Banner

चितवन, माघ २१–

विदेशबाट नेपालीहरु विदाको समयमा आफ्नो मातृभूमि फर्किदा सामान्यतया आफ्नो परिवारलाई नै समय दिने गरेका छन् । लामो समयपछि आफ्नो घर फर्किदा परिवारलाई समय दिनु स्वभाविक नै हो । तर अष्ट्रेलियामा लामो समयदेखि बस्दै आएका युवा समाजसेवी डिला खरेलको नेपाल बसाई भने केही फरक देखिन्छ ।

स्वदेश फर्किदा घरलाई समय दिनु स्वभाविक रहेपनि खरेल भने परिवारसंगै समाजका लागि समय बढी खर्चिने गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेका खरेल अहिले नेपालमा छन् । चितवनको भरतपुर घर भएका खरेल पारिवार काममा घर आएपनि उनको दैनिक सामाजिक कार्यमै बित्ने गरेको छ । माघ १७ गते बुधबारका दिन खरेल विहानैदेखि विभिन्न कार्यक्रममा सरिक भए ।

पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । नेपालीको संख्या बढ्दै गएपछि नेपालमा अभिभावकहरु पनि संगठित हुन थालेका छन् । अष्ट्रेलियामा आफ्नो परिवार रहेका नेपालका अभिभावकहरु एकीकृत हुन नेपाली अष्ट्रेलियन अभिभावक कल्याण समाज नेपाल गठन भएको छ । यसको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको हुँदा खरेल पनि यसको कार्यालयमा नपुग्ने कुरै भएन । उनी बुधबार विहान यही कार्यालयमा पुगेर आफ्नो सामाजिक कार्यको थालनी गरे । खरेलले समाजको कार्यालय भाडा एक वर्षको सबै सहयोग गर्ने घोषणा गरे भने इन्टरनेट, विद्युतलगायतको भुक्तानी समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।
युवा समाजसेवी खरेल त्यत्तिकैमा सिमित हुँदैनन् । उनी लगत्तै चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको कार्यक्रममा पुगे । सो क्रममा खरेलले दृष्टिबिहीन र बहिरा विद्यार्थीहरुलाई आवश्यक सामाग्री आर्थिक सहयोग गर्ने घोषणा गरे ।

एक समयका सफल निर्देशक स्वर्गीय शिव रेग्मी नारायणी कलामन्दिर नारायणगढका उत्पादन हुन् । यही नारायणी कलामन्दिरमा पनि खरेलले आफ्नो प्रतिभा देखाउन मौका पाएका थिए । त्यसैले यस क्षेत्रतर्फ पनि खरेलको झुकाब हुँदा उनी स्वर्गीय शिव रेग्मीको निधन पश्चात केही गरौं भन्दै नारायणी कलामन्दिरमै शिव रेग्मी स्मृति प्रतिष्ठान स्थापना गराए । अहिले चितवन आएकै मौकामा उनले अक्षय कोषमा ५० हजार थपेर २ लाख पु¥याए । नवप्रतिभालाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा ५ लाख पु¥याउने खरेलको इच्छा छ ।

खरेल बहुप्रतिभावान मानिन्छन् । अष्ट्रेलियामा चार्टर एकाउन्टेण्ट रहेका खरेल कवि समेत हुन् । कविता कोर्दै आएका खरेलको छिट्टै कविता पुस्तक प्रकाशन हुँदैछ । यही मेसोमा खरेलले चितवनका साहित्यकार माझ आफ्नो कविता वाचन गरेर साहित्यिक कार्यक्रममा समेत सामेल भए । सम्पूर्ण किताबले संयोजन गरेको कार्यक्रममा खरेलले नेपाली र अंग्रेजी कविता सुनाएर आफ्नो प्रतिभाव देखाए ।
खरेलले समयको निकै ख्याल गर्छन् । हरेक कार्यक्रममा उनी समयमै पुगे । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको बेसक्याम्प भरतपुरमा समेत पुगेर भेटघाट गर्न भ्याएका खरेल समयलाई खेर फाल्न चाहन्न् । उनी केही न केही गर्नैपर्छ भन्ने हुटहुटी भएका युवा हुन् । उनी युवा उद्यमीहरुसंग भेटघाट समेत गर्न भ्याए ।

खरेल अष्ट्रेलियामा पनि सामाजिक कार्यमा उत्तिकै सक्रिय छन् । नेपालीहरुमा आइपर्ने हरेक समस्या समाधान गर्न उनी अग्रणी स्थानमा हुन्छन् ।

इन्नोभेटिभ एसोसिएट्सका प्रिन्सिपल उनी अस्ट्रेलियामा बसेर विभिन्न कलेजहरुमा प्राध्यापन पनि गरिरहेका छन् । ईनोभेटीभ एसोसिएट्सले लेखा, कर तथा वित्तीय सेवा प्रदान गर्ने गर्दछ । व्यक्तिगत, घर तथा साना व्यवसायका लागि कर्जा उपलब्ध गराउन सहजीकरण गर्नुका साथै बैंकिङ सेवासम्बन्धि परामर्श डिलाको संस्थाले दिने गर्दछ । यिनै कामका कारण अस्ट्रेलियाका नेपालीमाझ उनी झनै लोकप्रिय छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>