चितवन विशेष

लायन्स क्लव नारायणगढ नारायणी रजत महोत्सवः हाजिरीजवाफमा नारायणी क्रियटिभ पहिलो

Banner

चितवन, माघ २१–

महिलाहरु मात्रै सदस्य रहेको लायन्स क्लव अफ नारायणगढ नारायणीको रजत महोत्सव समारोह अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नारायणी कला मन्दिर नारायणगढमा भएको प्रतियोगितामा लायन्स अन्तर्राष्ट्रिय ३२५ आर भरकै महिला क्लवहरुलाई आमन्त्रण गरिएकोमा १२ वटा क्लवले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा लायन्स क्लव अफ नारायणी क्रियटिभ पहिलो, लायन्स क्लव अफ रत्ननगर लेडीज दोस्रो र लायन्स क्लव अफ नारायणगढ संगमचोक सञ्जिवनी तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजक लायन्स क्लव नारायणगढ नारायणीकी अध्यक्ष अञ्जु पियाले जानकारी दिइन् ।

यस्तै लायन्स क्लव अफ नवलपुर मिडप्वाइन्टले भने सान्त्वना स्थान हासिल गर्न सफल भयो । विजेता, उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक मन्दिरा जोशीले जानकारी दिइन् । क्लवले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको छ । मधुमेह परीक्षण गरेर रजत महोत्सव कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>