नवलपरासी

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

Banner

रुपन्देही, माघ २१-

पश्चिम नवलपरासीकोमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको हो ।

गएराती अज्ञात समूहले गोली प्रहारगर्दा बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका थिए ।

विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उनको देब्रे हातको केही भाग काटिएको छ । पसल बन्द गरेर फर्केको समय भएकोले लुटेरा हुनसक्ने आशंका गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>