राजनीति

गृहमन्त्री श्रेष्ठ भन्छन्-निर्दोष फस्नु हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ

Banner

काठमाडौं, माघ २०-

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष फस्न नहुने र दोषीलाई कारबाही गर्नेृ स्पष्ट नीति रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन तथा गोष्ठीमा उठेका विषयहरूमा जवाफ दिन आयोजित पत्रकार सम्मेलन श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले आफू कुन फाइल खोल्ने कुन नखोल्ने भन्ने मानसिकता बनाएर अगाडि नबढ्ने बताए । उनले भने,‘कुन फाइल खोल्ने नखोल्ने भन्ने मानसिकता बनाएर अगाडि बढ्दिनँ । अध्ययन(अनुसन्धान गर्दै जाँदा गडबडी छ भने लागेपछि खुल्न सक्छ । कुन खोल्ने भन्ने प्राथमिकता हुन्छ । तर हामी विश्राम लिँदैनौं ।’

उनले उद्योग व्यवसायी पक्राउ परे चर्को स्वरले कराइहाल्ने भन्दै आक्रोश व्यक्त गरे । ‘उद्योग व्यवसायी पक्राउ परे चर्को स्वरले कराइहाल्ने । अर्थतन्त्रमा योगदान गरेकालाई कहाँ कारबाही गर्न हुन्छ भनेर दबाब दिने । कसलाई कारबाही गर्ने रु त्यो गरिब, सुकुम्बासी, मजदुर, पेटीमा बस्नेलाई कारबाही गर भन्ने हो रु हाम्रो नीति स्पष्ट छ – निर्दोष फस्नु हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ । ’उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>