चितवन विशेष

लायन्स क्लव अफ नारायणगढ नारायणीको रजत महोत्सवः सप्ताहव्यापी कार्यक्रम जारी

Banner

चितवन, माघ १९–

लायन्स क्लव अफ नारायणगढको रजत महोत्सव अन्तरगत सप्ताहव्यापी कार्यक्रमहरु धमाधम भइरहेका छन् । पहिलो कार्यक्रम अन्तरगत बिहीबार निःशुल्क महधुमेह परीक्षण गरिएको छ भने सोही दिन साँझ दीप प्रज्वलन गरिएको छ ।

क्लवको कार्यालय परिसरमा भएको मधुमेह परीक्षण कार्यक्रममा महिला तथा पुरुषहरुको उल्लेखीय सहभागिता रहेको कार्यक्रम संयोजक यवकी धरेलले जानकारी दिइन् । कार्यक्रमको लायन्सका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपानेले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै न्यौपानेले लायन्सले उत्कृष्ट कार्यहरु गर्दै आइरहेकोमा रजत महोत्सवको अवसरमा समेत नारायणगढ नारायणीले सह्रानीय काम गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा लायन्सका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्लवकी अध्यक्ष अञ्जु पियाको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै रजत महोत्सव अन्तरगत शुक्रबार महिलाहरुको पाठेघरको भिआइए परीक्षण गरिएको छ । यस परीक्षणले महिलाको पाठेघरमा क्यान्सरको लक्षण पत्ता लगाउछ । रजत महोत्सव अन्तरगत शनिबार नारायणगढमा हाजिरीजवाफ प्रतियोगिता हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>