Breaking News

आफूलाई मर्का पर्‍यो भन्दै बैंकहरूले एकतर्फी व्याज बढाउने, अनि खर्बौं कमाउनेः ओली

Banner

काठमाडौं, माघ १९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति आपत्ति जनाएका छन् । पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने तर्क गरेका छन् ।

ओलीले भने, ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ । घटाउने त कुरै छैन । एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ । हामीलाई मर्का पर्‍यो अनि बढायौं भन्ने, अनि अर्कालाई परेको मर्का के त रु यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैंलाई धाप लायो । अनि ऋणीहरू रु’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>