देश/प्रदेश

केपी ओली नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता: पूर्वराष्ट्रपति भण्डारी

Banner

काठमाडौँ, माघ १६-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन् ।

मंगलबार काठमाडौँमा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएको समेत बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन् । उनले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पत्तिको रुपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताइन् । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तक नेताहरुलाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>