चितवन विशेष
लायन्स क्लब अफ नारायणगढ नारायणीले माघ १८ देखि रजत महोत्सव मनाउँदै

चितवन, माघ १६-
चितवनमा लायन्स क्लब अफ नारायणगढ नारायणीले माघ १८ देखि २८ गतेसम्म रजत महोत्सव मनाउने भएको छ ।
क्लबले आज पत्रकार सम्मेलन गरेर विविद्य कार्यक्रम गरेर सप्ताहव्यापीरुपमा रजत महोत्सव मनाउन लागेको हो ।
कुनै तामझामका कार्यक्रम नगरी सघन रुपले सेवामा खटिई सप्ताहव्यापी कार्यक्रम रजत महोत्सवमनाउन लागिएको क्लबले जनाएको छ । लायन्स क्लब अफनारायणढ नारायणीकी अञ्जु पियाले रजत महोत्सवमा सप्ताहब्यापी कार्यक्रमहरु गरी मनाइने बताइन् । उनकाअनुसार १८ गते नारायणी नदी किनारमा रहेको नारायणी भवनमा मधुमेह परीक्षण, दीपप्रज्वलन र १९ गते नारायणी भवनमा पाठेघरको मुखको क्यान्सरको परीक्षण हुने भएको छ । यस्तै २० गते नारायणी कलामन्दिरको हलमा हाजिरी जवाफ प्रतियोगिता, २१ गते मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम, क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालकहरुलाई सहयोग प्रदान गर्ने कार्यक्रम रहेको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
यस्तै २२ गते कविलास हेल्थपोष्ट जुगेडीमा निःशुल्क आँखा शिविर, २३ गते देवघाटधाम परिसरमा वातावरण सरसफाई कार्यक्रम, २४ गते मिलिजुली आधारभूत विद्यालय देवचुली नवलपरासीमा प्राकृतिक फिल्टर ट्याङ्की निर्माण कार्यको समुद्घाटन समारोह र २८ गते पर्व ब्याङ्क्वेट कमलनगरमा २५ औं स्थापनादिवस कार्यक्रम गरिने योजना रहेको क्लबले प्रेषित गरेको विज्ञाप्तिमा जनाइएको छ ।























