चितवन विशेष

एम्बुलेन्स चालकलाइ नारायणगढ लायन्सद्वारा जलनको प्राथमिक उपचार सम्बन्धि तालिम

Banner

चितवन, माघ १५-

चितवनका एम्बुलेन्स चालकहरूलाई जलनको प्राथमिक उपचार सम्बन्धि एकदिने तालिम दिइएको छ ।

स्वास्थ्य कार्यालय चितवनको तालिम कक्षमा लायन्स क्लब अफ नारायणगढले स्वास्थ्य कार्यालय चितवन र फेक्ट नेपाल कीर्तिपुर अस्पतालको सहकार्यमा एम्बुलेन्स चालकहरुलाई जलनको प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम दिएको हो ।

तालिममा ६७ जना एम्बुलेन्स चालकहरुको सहभागीता रहेको थियो । उनीहरूलाई जलन हुने बित्तिकै ३० मिनेट बगिरहेको पानी खन्याउनु पर्ने, जलन भएको बिरामीलाई जीवनजल खुवाउनु पर्ने, उपलब्ध भएसम्म स्लाईन पानी लगाउनु पर्ने र सफा कपडाले जलेको भागलाई छोपी एम्बुलेन्समा राखेर नजिकको स्वास्थ्य संस्था अथवा अस्पताल पुर्याउनु पर्ने कुरा जानकारी गराइएको थियो । सहजकर्ता कैलाश खाकी श्रेष्ठले जलनको प्राथमिक उपचार बारे जानकारी गराएका थिए ।

स्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख इन्द्रमणी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा फेक्ट नेपालका वरिष्ठ कार्यक्रम ब्यबस्थापक तथा लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष कार्यक्रमका संयोजक लायन हेमन्त ध्वज जोशी, स्वास्थ्य कार्यालय चितवन एम्बुलेन्स फोकल पर्सन ज्ञानबहादुर बोगटी, संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला समितिका सचिव मिलन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


उक्त तालिम सहभागीहरुलाइ निमित्त स्वास्थ्य कार्यालय प्रमुख ईन्द्रमणी भण्डारी, बरिष्ठ कार्यक्रम ब्यबस्थापक लायन हेमन्त ध्वज जोशी र लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष द्वय लायन उमेश पिया र लायन प्रशान्त कुमार पियाले प्रमाण पत्र बितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>