चितवन विशेष

नेपाली खानालाई प्रवर्दन गर्न रियालिटी शो ‘कुकिङ विथ द सेलेब्रेटी’ सञ्चालन हुँदै

Banner

चितवन, माघ १५-

नेपाली खानालाई प्रवद्र्धन गर्न नेपालमा ‘फुड पनोरमा टिभी सो कुकिङ विथ द सेलेब्रेटी’ हुने भएको छ । भरतपुर महानगरपालिका–७ स्थित लालिगुँरास चोकमा रहेको चितवन कलेज अफ कुकरीले चैत महिनाबाट ‘फुड पनोरमा टिभी सो’ गर्न लागेको हो ।

नेपाली खानाहरु लोप हुँदै जाने अवस्थामा रहेकाले यसलाई प्रवद्र्धन गर्न टेलिभिजन शो गर्न लागिएको चितवन कलेज अफ कुकरीका प्रमुख सचिन केसीले जानकारी दिए । नेपालका विभिन्न सहर तथा गाउँमा पुगेर सोको छायांकन गरिने उनले जानकारी दिए । उनका अनुसार छायांकन आउटडोर र इन्डोर दुवै हुनेछन् ।

२० इपिसोडसम्म कार्यक्रम सञ्चालन हुनेछन् । जसमा २० जना नै सेलेब्रेटी हुने केसीले जानकारी दिए । त्यहाँ सेलेब्रेटीको इच्छा अनुसार खानाका परिकार भान्सेले खुवाउनेछन् । विशेष गरेर आदिवासी जनजाति तथा भूगोल अनुसारका खानालाई प्राथमिकता दिइने बताइएको छ ।

प्रमुख कार्यक्रम सञ्चालकको रुपमा कान्तिपुर टिभीमा चलिरहेको सेफ नेपालका जज समेत रहेका भान्से (सेफ) लक्ष्मण प्रसाद भण्डारी रहेका छन् । सेलेब्रेटीहरुको माध्यमबाट नेपाली खानालाई प्रवद्र्धन गर्न यस कार्यक्रमले मद्दत पुग्ने उनले बताए । ‘हुम्ला जुम्लाको मार्सी चामल सय रुपैयाँ पनि बिक्दैनथ्यो, केपि शर्मा ओली र प्रचण्ड ज्यूले खाना खाएपछि, त्यसको माग बढेर ह्वात्तै ४०० रुपैयाँ केजीमा पनि पाउन मुश्किल भयो’, उनले भने, ‘यस्तै नेपालमा उत्पादित वस्तुको परिकार सेलेब्रेटीलाई खुवाएर प्रर्वद्धन गर्ने हाम्रो उद्देश्य हो ।’ समाजले ठूला व्यक्तिलाई हेरेको हुनाले उनीहरुको माध्यमबाट नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने उनले बताए । ९० प्रतिशत मानिस खानाका कारण बिरामी हुने भन्दै उनले बजारमा प्याक गरेर आएका खानाका कारण मानिसलाई झन् समस्या थपिएको बताए । अहिलेको पुस्ताले नेपाली खानाका परिकार समेत थाहा पाउन छाडेको बताउँदै उनले संस्कृति संरक्षणमा पनि यस सोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रमको सञ्चालकको रुपमा मिस कस्मोपोलिटन वल्र्ड–२०१९ की विजेता प्रिया रानी लामा रहेकी छिन् । काठमाडौँमा मुख्य कार्यालय रहेको कलेज अफ कुकरीले चितवनमा तीन वर्षदेखि होटेल म्यानेजमेन्टको कक्षा सञ्चालन गरेको छ । यसले ताज महलसँग समन्वय गरेर विद्यार्थीहरुलाई तालिम दिँदै आएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>