Breaking News

चितवनमा विकासका काम अलपत्र पार्ने तीन कम्पनी कालोसूचीमा

Banner

चितवन, माघ १५-

चितवनका विभिन्न ठाउँमा विकास निर्माणका कम्पनी अलपत्र पार्ने तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना प्रकाशित गरेर चितवनमा विकास काम अलपत्र पार्ने तीन कम्पनीलाई कालोसूचीमा राखेको हो ।

चितवनमा काम अलपत्र पार्ने कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । भरतपुर–७ मा रहेको यो कम्पनी सडक डिभिजन कार्यालय भरतपुरको सिफारिसमा तीन वर्षको लागि कालोसूचीमा परेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर शाहका अनुसार यो कम्पनीले राप्ती नगरपालिकाको बुढीखोलामा पुलको काम अलपत्र पारेको थियो । उनले भने, ‘कम्पनीले काम गर्दागर्दाे अलपत्र पारेर सम्पर्कविहिन भयो । पटकपटक म्याद थप र ताकेता गर्दा पनि काम नगरेपछि कालोसूचीमा राखिएको हो ।’

त्यसैगरी रत्ननगर नगरपालिकाको सिफरिसमा रत्ननगर वडा नम्बर ८, ९ र १० मा सडक निर्माणको काम अलपत्र पार्ने दुई कम्पनी हेटौंडाको निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्स र काठमाडौँको स्वप्निल पौडेलको कम्पनी एसबीएस इञ्जिनियरिङ एशोसिएट्सलाई पनि कालोसूचीमा राखिएको छ । शिवालयलाई एक वर्ष ६ महिना र एसबीएसलाई दुई वर्षको लागि कालोसूचीमा राखिएको छ । रत्ननगर नगरपालिकाका इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले ती दुई कम्पनीलाई पटकपटक म्याद थपेर अवसर दिए पनि १२ प्रतिशत भन्दा बढी काम नगरेको बताए । उनले भने, ‘ दुवै कम्पनी बारम्बार ताकेता गर्दा पनि काम गर्न सकेनन् । सार्वजनिक सुनुवाइमासमेत आएनन् ।’ दुवै कम्पनीले सडक कालोपत्रे र सडक व्युटिफिकेसनको ठेक्का पाएका थिए । यीसँगै देशभरका २२ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>