Breaking News

चितवन कांग्रेसमा विवाद, जिल्ला सभापति खनालको कार्यशैली तानाशाह भएको आरोप

Banner

चितवन , माघ १४-

पार्टी सुदृढीकरणको अभियान सुरु हुँदा चितवन कांग्रेसमा विवाद देखिएको छ ।

पार्टीको गतिविधि एकलौटी ढंगबाट चलाएको भन्दै सुरु भएको विवाद बाहिर आएको हो ।

पार्टी सञ्चालनमा सभापति राजेश्वर खनालको कार्यशैलीप्रति आपत्ति जनाउदै महाधिवेशन प्रतिनिधि मिलनबाबु श्रेष्ठले पार्टीभित्र मनोमानी गरेको आरोप लगाउँदै विरोध गरेका छन् । श्रेष्ठले सभापतिको कार्यशैलीको कडा आलोचना गर्दै पार्टी कमजोर बनाएको आरोप लगाएका छन् ।

श्रेष्ठ १४ औं महाधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार थिए । सभापतिका उम्मेदवार मध्ये पहिलो चरणमा उनले सबैभन्दा धेरै मत ल्याएका थिए । पहिलो चरणमा कसैको बहुमत नआएपछि दोस्रो चरणमा नगई कार्यकर्ताको आग्रहमा सहमति र एकताको लागि उनले खनाललाई समर्थन गरेका थिए । तर, खनालले सहमति लत्याएर मनोमानी तवरबाट अघि बढेको भन्दै विरोध गरेका हुन् । त्यसबेला पूर्वमन्त्री उमेश श्रेष्ठ , तत्कालिन सभापति जितनारायण श्रेष्ठ र क्षेत्र नम्बर एकका सभापति किरणभूषण सिंह ओलीसहित सहमति भएको थियो ।

खनालमाथी संघ र प्रदेशको निर्वाचनमा पार्टीकै उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । जिल्ला समितिमा मनोनयन र समिति बनाउँदा एकलौटी गरेको आरोप लगाएका छन् । स्ववियु निर्वाचनमा पार्टीको भूमिका निष्क्रिय बनाएको आरोप लगाएका छन् । त्यस्तै केन्द्रले आयोजना गरेको कार्यक्रममा आफुखुसी प्रतिनिधि पठाएको , स्थानीय निर्वाचनमा पदीय आडमा आफ्नालाई उम्मेदवार बनाएको, श्रेष्ठले सहमतीय राजनीतिक संस्कारलाई उल्लंघन गरेर एकलौटी ढंगबाट पार्टी चलाएर पार्टीको संगठन धरासायी बनाएको आरोप लगाउँदै बताएका छन् ।

यसअघि पनि विज्ञप्ति मार्फत ध्यानाकषर्ण गराउँदा पनि बेवास्ता गरिएको भन्दै यसबाट पार्टीमा भएको क्षतिको मुख्य जिम्मेवार सभापति रहेको बताएका छन् । उनले असरको उनले प्रेस विज्ञप्ति जारी ग।रेर जिल्ला सभापतिको काम प्रति असहमति जनाउँदै चितवन कांग्रेसको सुदृढीकरणमा लागेको जनाएका छन् । उनले सभापति खनालको कार्यशैली तानाशाह प्रवृत्ति भएकोले त्यस विरुद्ध एकजुट हुन आब्हान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>