चितवन विशेष

भरतपुरको नौरङ्गे युवा क्लबको अध्यक्षमा आयुष रिमाल

Banner

चितवन, माघ १३-

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा गठन भएको नौरङ्गे युवा क्लबको अध्यक्षमा आयुष रिमाल चयन भएका छन् ।

नौरङ्गे टोल विकास संस्थाले टोलमा रहेका करिब ४० जना युवाहरुको भेला गरेर रिमालको अध्यक्षतामा १३ सदस्यीय नौरङ्गे टोल युवा क्लब गठन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा विपिशा जिसी, द्वितीय उपाध्यक्षमा विजय चौलागाई, सचिवमा मृणाल घिमिरे, कोषाध्यक्षमा अंशु शर्मां, सहसचिवमा कृतिका खनाल र सदस्यहरुमा क्रमशः रोशन अर्याल, देवी श्रेष्ठ, सुशिल थापा, अपेक्षा तिवारी, दिपिका काफ्ले, आकृति क्षेत्री र आकृति पौडेल निर्वाचित भएका छन् भने वडास्तरीय युवा क्लबका सहसचिव अनुजा ओझालाई सल्लाहकार चयन गरेको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक ऋषिराम पौडेलले सपथ ग्रहण गराएका थिए भने टोल विकास संस्थाका अध्यक्ष लगायत उपस्थित पदाधिकारी तथा सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तको अध्यक्षतामा भएको भेलामा भरतपुर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले वडा स्तरीय बालक्लब समेत गठन भई सकेको र नौरङ्गे टोलले १२ नम्बर वडामा पहिलो पटक टोलस्तरीय युवा क्लब गठन गर्न भेला आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताए । उनले वडाको विकास र समृद्धिमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले युवाहरुको साथ, सहयोग र सल्लाहमा आफूले कार्यक्रम सञ्चालन गर्ने र युवाहरुलाई सधै सहजीकरण गर्ने बताएका छन् । उक्त कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले युवाकोे सहभागिता र सक्रियताले मात्र सफा, स्वच्छ, मर्यादित, सुरक्षित र सुन्दर टोल निर्माण गर्न सकिने भएकोले भेलाको आयोजना गरिएको र भेलाबाट छनौट हुने नौरङ्गे टोल युवा क्लबले उद्धमशिलता, व्यवसायिकताको प्रवद्र्धन गर्दै हुने खाने र हुँदा खानेहरुको बीचको खाडल पुर्न महत्वपूर्ण भूमिका निर्वाह गरी मानविय र उदाहरणीय टोल निर्माण गर्न सक्ने कुरा प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>