खैरहनी

सैनिक आवासीय महाविद्यालयमा अन्तरविद्यालय स्पेल बी कन्टेस्ट

Banner

चितवन, माघ १२–

चितवनको खैरहनी नगरपालिकास्थित सैनिक आवासीय महाविद्यालयमा तेस्रो जिल्लास्तरीय अन्तरविद्यालय एसएएमसी स्पेशल बी कन्टेस्ट कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाभरका सामुदायिक तथा संस्थागत गरी २४ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रम चार चरणमा सम्पन्न भएको थियो । प्रारम्भिक चरणबाट १९ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका थिए भने ६ जना विद्यार्थी अन्तिम चरणमा पुगेका थए । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगितामा मेरीगोल्ड इङ्गलिस स्कुलका छात्र आयुष परियार विजेता, डेजी इङ्गलिस स्कुलका छात्रा एलिशा सेढाई फस्ट रनरअप र चित्रवन स्कुलका छात्रा रेश्मा पोख्ररेल सेकेण्ड रनरअप हुन सफल भए ।

प्रतियोगिताको उद्‍घाटन समारोहमा महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडे र प्रमुख व्यवस्थापक प्रमुख सेनानी राममणी सापकोटाले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गराइ सुरु गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महाविद्यालयका भाइस प्रिन्सिपल गणेश प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने महाविद्यालयका व्यवस्थापकीय अधिकृत प्रमुख सेनानी राममणी सापकोटाले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा निर्णायकको भूमिकामा अङ्ग्रेजी विषय विभाग प्रमुख पी.जी.टी. समुन्द्र कट्टेल र जी.टी. कमल चौधरी रहेका थिए भने स्पेशल मास्टरको भूमिकामा जी.टी.ए पुष्पा अर्याल रहेकी थिइन् । कार्यक्रमको सञ्चालनमा जी.टी.ए निला अधिकारीले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>