Breaking News

यू १९ विश्वकपः नेपालविरुद्ध अफगानिस्तान १४५ मै अलआउट

Banner

काठमाडौँ, माघ १२–

यू १९ विश्वकपमा नेपालविरुद्ध अफगानिस्तान १४५ रनमै अलआउट भएको छ । ८८ रनमा ८ विकेट गुमाएको अफगानिस्तानका लागि पुछारका व्याटरले राम्रो इनिङ खेलेपछि अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १४५ रन बनायो । उसका लागि घजानफरले सर्वाधिक ३७, कप्तान नासिर खानले ३१, फरिदुन दवाडजैले २९ रन बनाए ।

सुरुवाती दश ओभरमै ५ विकेट गुमाउँदै अफगानिस्तानले मात्र ३५ रन बनाएको थियो । नेपाललाई पहिलो ओभरको चौथो बलमै गुलशन झाले विकेट लिदै नेपाललाई राम्रो सुरुवात दिलाए । दोस्रो ओभरमा बलिङ गर्न आएका आकाश चन्दले पनि विकेट लिएपछि अफगानिस्तान २ ओभरमा २ विकेट गुमाउँदै मात्र २ रनको अवस्थामा पुगेको थियो ।

अफगानिस्तानका ४ व्याटर शून्यमा आउट भए । नेपालका लागि आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चिदै ५ विकेट लिए । दिपेश कँडेलले २, गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक–एक विकेट लिए ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा नेपाल विजयी भए सुपर सिक्समा पुग्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>