Breaking News

कोसीमा सिटौलालाई सत्ता गठबन्धनकै सांसदले दिएनन् मत

०
Banner

 

विराटनगर, माघ ११

कोसीमा राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाको मत गन्दा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपा उम्मेदवार उद्धव पौडेलले बढी मत पाएका छन् ।
९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए । महिलातर्फ मतगणना सकिएको छ र एमाले उम्मेदवार कोइराला निर्वाचित भइसकेकी छन् ।
राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् । कोसी प्रदेशसभामा गठबन्धनका उमेदवार कृष्णप्रसाद सिटौलाको मत क्रस भएको पाइएको छ । कोसी प्रदेशसभाका दुई सदस्यको मत क्रस भएको पाइएको हो । गठबन्धनमा ४७ सदस्य रहे पनि सिटौलाले ४५ मत प्राप्त गरेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>