कालिका

थाईलेण्डमा हुने इन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडीलाई बिदाइ

Banner

चितवन, माघ १०-

कालिका नगरपालिकाले यही माघ १३ गते थाईलेण्डमा हुने चियाङ् माई इन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको बिदाइ गरेको छ ।

कालिका नगरपालिकाका दुई खेलाडी रमेश कार्की र रजत कार्कीलाई कालिकाका मेयर विनोद रेग्मी र उपमेयर बिमला तामाङले विदाई गरेका हुन् । प्रतियोगितामा कालिका नगरपालिकाका २ खेलाडीसहित रत्ननगरका दुई जना र भरतपुर महानगरपालिकाका तीन खेलाडीहरु सहभागी हुँदै छन् । त्यसैगरी प्रतियोगितामा चितवनका सातसहित दाङका २ खेलाडी गरी देशभरबाट ९ खेलाडीहरु सहभागी हुने भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>