Breaking News

यू–१९ विश्वकप : आज नेपाल र पाकिस्तान भिड्दै

Banner

काठमाडौं, माघ १०-

आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ।

बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ।

प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित थियो। समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ।

पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १९१ खेल जितेका छन्। सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले जितेको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो। सन् २००० मा यि दुईबीच तय भएको खेल वर्षाले रोकिएको थियो।

जारी प्रतियोगिताको समूह डी मा पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>