चितवन विशेष

चेपाङ बालबालिकालाई एक्सपर्ट चितवनका कर्मचारीले गरे खाद्यान्न तथा स्टेशनरी सहयोग

Banner

चितवन, माघ ८–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका कर्मचारीहरुले गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् ।

चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा शिक्षा दिइरहेको केन्द्रमा रहेका बालबालिकाहरुलाई पढ्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री र स्टेशनरी सामग्री सहयोग गरेका हुन् । सहयोग सामग्री एक्सपर्ट चितवनका निर्देशक डिल्ली राम अधिकारीले गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्मालाई हस्तान्तरण गरेका थिए ।

एक्सपर्ट चितवनका कर्मचारीहरुले देउँसी भैलो खेल्दा संकलन भएको करिव ५० हजार रुपैयाँबाट उक्त सामग्री खरिद गरि सहयोग गरिएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए । सहयोग हस्तान्तरण गर्दै अधिकारीले भन्नुभयो–‘कर्मचारीहरु देउँसी भैलो खेल्दा संकलित रकम यति महत्वपूर्ण कार्यक्रममा उपयोग गर्ने निर्णयले मलाई निकै खुशी तुल्याएको छ, चेपाङ बालबालिकाहरुको शिक्षामा सहयोग गर्न एक्सपर्ट सदैव तयार छ ।’

सो क्रममा बोल्दै गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्माले दाताहरुकै सहयोगमा चेपाङ बालबालिकाहरु आवासीय रुपमा शिक्षा हासिल गर्न पाएको भन्दै एक्सपर्टको सहयोगले थप हौसला थपेको बताउनुभयो । उहाँले आगामि दिनमा पनि यस्तै सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा चेपाङ बालबालिकाहरुले चेपाङ समुदायले भोग्दै आएको समस्या गीत मार्फत मार्मिक रुपमा प्रस्तुत गर्दै स्वागत गरेका थिए । एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले संचालन गरेको कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, प्रिन्सिपल प्रचण्ड हमाल, आइइएलटिएस/पीटीई कोअडिनेटर उमा आचार्य, एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिना, प्रकाश रिजाल, रमेश सापकोटा, कमला पौडेल, मिराज पौडेललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>