Breaking News

यू–१९ विश्वकपः न्यूजील्याण्डद्धारा नेपालसामु ३०३ रनको विशाल लक्ष्य पेश

Banner

काठमाठौं, माघ ७–

आइसिसी यू–१९ विश्वकप क्रिकेट अन्तरगत पहिलो खेलमा न्युजिल्यान्डले नेपालसामु ३०३ रनको विशालय विजय लक्ष्य पेश गरेको छ । दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धामा न्यूजील्याण्डले ८ विकेटको क्षतिमा ३०२ रन बनायो ।

न्यूजील्याण्डलाई बलियो अवस्थामा पुर्‍याउन स्नेहित रेड्डीले अवजित शतकीय पारी खेले । उनले अविजित १४७ रन बनाए । कप्तान ओस्कार जक्सनले ७५ रन बनाए । न्यूजील्याण्डका टम जोन्स ३३, लुक वाटसन १४ र ओलिभर टेवाटिया शून्यमा आउट भए । नेपालका लागि सुवास भण्डारीले ३, गुलशन झाले २, दिपेश कँडेल र तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो । तर कप्तान र रेडीले १५० रनको साझेदारी गर्दै न्यूजील्याण्डलाई बलियो अवस्थामा पु¥याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>