अन्तर्राष्ट्रिय

गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको छः प्रतिवेदन

Banner

गाजा, माघ ७-

गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । एक सय दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको ज्यान जाने गरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकाय यूएन विमेनले जनाएको छ ।

गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन र मानवीय आवश्यकतामा विनाशकारी असर पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २५ हजार मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये झण्डै ७० प्रतिशत महिला र बालबालिका रहेका अनुमान गरिएको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ८५ प्रतिशत जनसंख्या विस्थापित भएको गाजामा २२ लाख जनसंख्या मध्ये सबैजसो असुरक्षा र खाद्य सङ्कटमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघले मानवीय अवस्था दयनीय बनेको भन्दै युद्ध रोक्न अपिल गरेको छ । अक्टोबर ७ मा इस्लामिक विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>