समाज

कृषि विकास बैंकको रक्तदान कार्यक्रममा ४० जनाले गरे रक्तदान

०
Banner

चितवन, माघ ६-

कृषि विकास बैंक कर्मचारी संघ नेपाल वीरेन्द्रनगर प्रदेश समिति चितवनको आयोजनामा शुक्रवार भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

कृषि विकास बैंक शाखा कार्यालय भरतपुरको परिसरमा भएको खुला रक्तदान कार्यक्रममा १२ महिला सहित ४० जनाले रक्तदान गरेका हुन् ।

प्रदेश समितिका अध्यक्ष हरि ढुंगेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कृषि विकास बैक कर्मचारी संघ नेपालका केन्द्रीय समितिका उप–महासचिव केशव पोखरेल, कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रीय सचिवालय सदस्य श्रीकृष्ण पराजुली, प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निमित्त निर्देशक नुरप्रसाद गौतम र कृषि विकास बैंक पूर्व कर्मचारी समाज चितवन नवलपरासीका अध्यक्ष बाबुराम पोखरेल लगायत सहभागी थिए ।

उनीहरुले सयुक्त रुपमा केन्द्रीय सल्लाहकार दीपक सुवेदीलाई रक्त संकलन व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।कार्यक्रममा चितवनस्थित कृषि बैंकका प्रवन्धक एवम कर्मचारीहरु, पूर्व कर्मचारी समाजका सदस्यहरु एवम् बैंकका व्यावसायिक सहयात्रीहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विभिन्न क्षेत्रका रक्तदाताहरुले रक्तदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>