समाचार
तराईमा हुस्सु र कुहिरो, पहाडी र हिमाली भेगमा हिमपात
०
काठमाडौं, माघ ६-
देशका पहाडी भागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























