समाचार
हर्क साम्पाङले प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश
०

विराटनगर,माघ ५
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले ताला खोल्न आदेश दिएको अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।
राजनीति गरेको भन्दै उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा साम्पाङले माघ १ गते तालाबन्दी गरेका थिए । स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेर उनले समस्या सामधानका लागि उपकूलपतिलाई भिकाइदिन आग्रह गरेका थिए ।
तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























