देश/प्रदेश

विस्तारित समयमा विमानस्थल प्रयोग गर्दा एयरलाइन्सले डेढ लाख तिर्नुपर्ने

Banner

काठमाडौं, माघ ५-

विस्तारित समयमा विमानस्थल प्रयोग गरेवापत एयरलाइन्सहरूले शुल्क तिर्नुपर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै यरलाइन्सहरूले विस्तारित समयमा विमानस्थल प्रयोग गरेवापत प्रति घण्टा ५० हजारका दरले शुल्क तिर्नुपर्ने बारे जानकारी गराएको हो।

कार्यालयका अनुसार आन्तरिक उडानमा अब रातको १ बजेदेखि बिहान ६ बजेसम्मको समयलाई विस्तारित समय तोकिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा रातीको ३ बजेदेखि बिहान ६ बजेसम्मका लागि विस्तारित समय तोकिएको छ।

यो समयमा विमानस्थल प्रयोग गरेवापत सम्बन्धित एयरलाइन्सहरूले प्रतिघण्टा ५० हजारका दरमा शुल्क तिर्नुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area