देश/प्रदेश
नितालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा ३० वर्षीय युवक प्रकाउ
०

काठमाडौँ, माघ ५-
बक्सिङ खेलाडी नीता गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा भक्तपुर नगरपालिका–९ घर भएका ३० वर्षीय दिनेश लबजुलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले सशस्त्रको जवान पदमा कार्यरत नीता माघ २ मा भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।
२७ वर्षीया गोसाईंलाई दिनेश लबजुले आत्महत्या दुरुत्साहन गरेको आरोप छ । डिएसपी पाठकले लबजु र निताको सम्बन्धबारे खुलाउन नमिल्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























