समाचार

तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

०
Banner

काठमाडौं, माघ ५-

साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गराउने भएको छ ।

कोरोनाका बेला छुट्टी गएको र महामारीका कारणले फर्किन नसकेका र कम्पनीले दिनुपर्ने तलब सुविधा दिन उनीहरूलाई सम्पर्क गर्दा नभेटेपछि कम्पनीले दूतावासलाई पत्र पठाएको थियो ।

रियादस्थित नेपाली दूतावासले बिहीबार एक सूचना जारी गर्दै कम्पनीले उनीहरूलाई तलब सुविधा दिन सम्पर्क गर्ने प्रयास गरेको तर नसकेको जानकारी गराउँदै नेपाली कामदारहरूसँग सम्पर्क गराई कम्पनीले प्रदान गर्ने तलब सुविधा भुक्तानीमा सहजीकरण गरिदिन अनुरोधसहितको पत्र दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ ।

कम्पनीको अनुरोधपछि दूतावासले ८ नेपालीको सूची सार्वजनिक गर्दै कम्पनीको इमेलमा यथाशीघ्र सम्पर्क गर्न भनेको छ । यस कम्पनीबाट तलब सुविधा पाउने ८ नेपालीहरूमा सिरहाका सञ्जयकुमार यादव, सुरेशकुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका वेदबहादुर श्रेष्ठ छन् । सञ्जयकुमारले ५ हजार ३ सय, सुरेशकुमारले ३ हजार ७ सय ९४, बाबुरामले ५ हजार ८८, प्रकाश गिरीले ४ हजार ७ सय ६०, वेदबहादुरले ६ हजार ८ सय ४० साउदी रियाल तलब पाउने भएका छन् ।

यसैगरी, सुनसरीका भेगबहादुर राना मगरले ११ हजार ३६, तेह्रथुमका भीमप्रसाद दाहालले ११ हजार ३ सय ८६ र सिरहाका बुधन मुखिया मलहले ६ हजार १ सय १२ साउदी रियाल पाउनेछन् । दूतावासले यी ८ व्यक्तिलाई चिनेको वा सम्पर्क भएको छ भने यो सूचना उनीहरूसम्म पु¥याइदिन पनि अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>