समाचार

रहेनन् वरिष्ठ संगीतकार योगेश वैद्य

०
Banner

काठमाडौं, माघ ५-

नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ। बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

उनकी शिष्या एवं गायिका रीता महर्जनका अनुसार बिहीवार दिउँसो उनलाई केही असहज महसुस भएको थियो भने बेलुकी सिकिस्त भएपछि अस्पताल लगिएको थियो। ७७ वर्षीय गायक वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रसित थिए।

दिवंगत गायक योगेश वैद्यका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू रहेका छन्। नेपाली भाषामा उनका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन्। त्यस्तै नेपालभाषाय् ‘जय नमो सिरि बुद्ध भगवान’, ‘जिमि यःम्ह थौं जिथाय् वइ’ आदि अत्यन्त लोकप्रिय छन्।

उनको आज पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने तयारी रहेको जानकारी पारिवारिक स्रोतले दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>