समाचार
मिटरब्याज पीडितले साहुलाई जिल्ला प्रशासन कार्यालयमै कुटे
०

सिरहा, माघ ०४-
सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन् । बिहीवार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले साहुलाई कुटेका हुन् ।
कुटपिटबाट सूर्यकुमार यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । ऋणी राज कुमार महतो र धनी सूर्य कुमार यादबबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो ।
यादवबाट महतोले सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमा छलफलको बेलासमेत ऋणीको कुरा नसुनेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटेको स्वीकार गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























