देश/प्रदेश

विदा सुविधा नलिने प्रहरीलाई सोधियो स्पष्टीकरण

Banner

काठमाडौँ, माघ ४-

खोटाङमा ६ महिनासम्म विदा नलिने पाँच जनालाई स्पष्टीकरण सोधिएको छ । जिल्ला प्रहरी कार्यालय, खोटाङले प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो ।

‘कारबाही गर्नका लागि स्पष्टीकरण सोधिएको होइन, विदा बस्नलाई प्रोत्साहित गर्न खाजेका हौं’, जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले भने, ‘घर विदा जाँदा आफन्त र परिवारसँग भेट हुन्छ, पारिवारिक तनाव पनि कम हुन्छ, त्यसो हुँदा काममा पनि प्रभावकारिता देखिन्छ भन्ने हो ।’

प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने विदा पाउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area