देश/प्रदेश

छोरीको बलात्कृत भएकै ठाउँमा छोराको हत्या, भारत भाग्न खोज्दा बुवा प्रकाउ

०
Banner

सुर्खेत, माघ ४-

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवालाई प्रहरीले आज (बिहीबार) बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले उक्त पुरुषलाई टीकापुर प्रहरी कार्यालयमा राखेको छ । तर, उसको परिचय भने प्रहरीले खुलाएको छैन ।

मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले बुवाविरुद्ध हिजो (बुधबार) जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए ।

घटना भएको दिनदेखि नै सम्बन्धित नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीपुरमा उनी साढुदाइको घरमा बसिरहेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

उक्त पुरुषले सोमबार राति छोरालाई आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै लगेर हत्या गरेका थिए । घटनास्थलमा तालिमप्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानबाट ती युवकको हत्या भएको अनुमान गरेको थियो।

त्यस्तै मंगलबार युवक मृत भेटिएको स्थानमा उनकी बहिनी असोजमा घाइते फेला परेकी थिइन्। दाजुको हत्या र बहिनी घाइते अवस्थामा भेटिएपछि प्रहरीले चार महिना अघिको बलात्कारको घटनासँग मंगलबारको घटना सम्बन्धित रहेको अनुमान गरेको छ। बलात्कार आरोपी उनैका बाबु थिए।

बहिनीको न्यायका लागि साथ दिएको कारण चार महिनापछि युवकको हत्या भएको प्रहरीको अनुमान छ। प्रहरीमा जाहेरी पुगेपछि भारत भागेका उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना प्रहरीले पाएको छ। उनैले किशोर छोराको हत्या गरेको अनुमान गरिएको छ। बुवा भने अझै फरार छन्।

यो पनि पढ्नुहोस्

https://narayanionline.com/2024/01/296858/

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>