समाचार

वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

०
Banner

काठमाडौँ, माघ ०३-

१५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।

उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>