देश/प्रदेश

रवि लामिछानेविरुद्ध फेरि उत्रिए युवराज सफल, ठगीको आरोपमा सहकारी विभागमा उजुरी दर्ता

Banner

काठमाडौं, माघ ३-

केही समय मौन बसेका अभियन्ता युवराज सफल फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध उजुरी बोकेर उत्रन थालेका छन् ।

सफलले सहकारी ठगीमा लामिछानेलाई आरोपित गर्दै उनी केही दिनदेखि उजुरी बोकेर विभिन्न सरकारी निकायमा धाउन थालेका हुन् ।

सफलले दुई दिनअघि सहकारी विभागमा उजुरी दर्ता गराएका छन् । उक्त उजुरीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई र तत्कालीन महाप्रबन्धक लामिछानेमाथि हदैसम्मको कारवाही माग गरिएको छ । इकान्तिपुर र कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई आधार बनाउँदै सफलले उजुरी दिएका हुन् ।

समाचारको हवाला दिँदै उनले बुटबलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सुर्यदर्शन सहकारीबाट ३० लाख रुपैयाँ गोरखा मिडियाले लिएको उल्लेख गरेका छन् ।

‘जीवी राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा कायम रहेको बेलामा गैरकानूनी रुपमा सहकारीबाट रकम लिएर आजको दिनसम्म सहकारीको रकम नतिरी सहकारी ठगी, रकम हिनामिना समेत गरेको देखिन्छ ।

मिडियाका अध्यक्ष जीवी र एमडी रवि लामिछानेले गैरकानूनीरुपमा कम्पनीमा कर्जा लिएर नतिरी हजारों बचतकर्ताको खुन र पसिनामाथि खेलवाड गरेको अवस्था छ । अत निजहरुले उल्लेखित सहकारीबाट लिएको करिब ५२ करोडको सावाँ ब्याजसहितको हालसम्मको रकम सहकारीलाई फिर्ता गराउनसाथै हदैसम्मको कारवाही गर्न यो निवेदन पेस गरेको छु’, सफलको उजुरीमा लेखिएको छ ।

सफलले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पनि आज उजुरी दिएको बताए । सहकारी मन्त्रालयमा हिजो उजुरी लिएर गए पनि दर्ता गर्न आलटाल गरिएको बताए । अब सीआईबी जाने योजना रहेको उनले सुनाए । सफलले लामिछानेलाई पक्राउ गर्न पनि प्रहरी तयार हुनुपर्छ नत्र प्रमाण नष्ट गर्न सक्छन् भन्दै आएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>