देश/प्रदेश

प्रहरीको गोली लागेर मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग

Banner

बारा, माघ ३-

प्रहरीको गोली लागेर ज्यान गुमाएका लक्ष्मीमुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादवले बिनको परिवारलाई १ लाख २५ हजार आर्थिक सहयोग गरेका हुन् । मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले बाराको सिम्रौनगढ नगरपालिका – १ निवासी बिनको परिवारलाई नगद सहयोग गरेका हुन् ।

मंसिर २७ मा शिक्षकहरुको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर बिनको मुत्यु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area