देश/प्रदेश

घरको मर्मत सकिएपछि धुम्बाराहीबाट भोलि बुढानीलकण्ठ निवास सर्दै देउवा

Banner

काठमाडौँ, माघ २-

घरको मर्मत सकिएपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धुम्बाराहीबाट आफ्नो निवास बुढानीलकण्ठ गर्ने भएका छन् ।

करिब १३ महिना धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा भोलि (बुधबार) बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् । छोरोको बिहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको बताइएको छ । देउवाका छोरा जयवीरसिंहले यही माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह गर्ने तयारी छ । इन्गेजमेन्ट भएको आठ महिनापछि उनीहरु वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>