आगलागी

भरतपुरको अविनाश फर्टिलाइजर कम्पनीका कामदारको ग्यास सिलिण्डर पड्किएर मृत्यु

Banner

चितवन, माघ २-

भरतपुर महानगरपालिका–१५ मा रहेको अविनाश फर्टिलाइजर कम्पनीको हाताभित्र आगलागी हुदा सोमबार एक जनाको मृत्यु भएको छ ।

कम्पनीको क्वाटरभित्र बस्ने कामदारको आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा आगलागी भएर मृत्यु भएको हो ।

चितवन प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय मनिष थापा रहेका छन् । सो फर्टिलाइजर कम्पनी अहिले बन्द रहेको उनले बताए । घटनाको बारेमा चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>