चितवन विशेष

चितवनकै पहिलो माध्यमिक विद्यालय ७० औं वर्षमा

Banner

चितवन, माघ २-

भरतपुर–१० मा रहेको चितवनको पुरानो विद्यालय चितवन माध्यमिक विद्यालयले ७० औं वर्ष पूरा गरेको छ ।

विसं २०११ सालमा नारायणगढमा स्थापना भएको चितवन माध्यमिक विद्यालय चितवनकै पहिलो माध्यमिक विद्यालय हो । विसं २०१७ सालबाट चितवन मावि नारायणगढबाट भरतपुर सरेको शिक्षाविद्ध रमाकान्त सापकोटाले जानकारी दिए । उनले यो विद्यालय सबैभन्दा पहिले उपरदाङगढीमा पाठशालाको रुपमा रहेको जानकारी दिए । उनले भने, ‘ उपरदाङ गढीको सेरेबास भन्ने ठाउँमा बालकुमारी भन्ने विद्यालय थियो । माघे संक्रान्तिको दिनमा नारायणगढमा स्थापना भयो, २०१७ सालमा निमावि भएर भरतपुरमा आयो । २०१८ सालबाट माध्यमिक विद्यालय भएको हो । ’ उनले इतिहास निकै लामो भए पनि अहिले यसले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिए ।
पुस २२ गतेबाट सुरु भएको बिद्यालयको सप्ताहब्यापी वार्षिकोत्सवका विविध कार्यक्रमहरु भोलि बुधबार समापन हुदैछन् । बागमती प्रदेशका स्वास्थ मन्त्री उत्तम जोशीले विद्यालयको ७० औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई समापन गर्ने कार्यक्रम रहेको छ ।

विद्यालयमा विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति बितरण गर्दै भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सामुदायिक विद्यालयहरुलाइ विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न आग्रह गरेका छन् । उपमेयर अधिकारीले सामुदायिक विद्यालयमा शैक्षिक अवस्था सुधार गरेर विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउन ढिलो भइसकेको समेत उल्लेख गरे । उनले गुणस्तरीय शिक्षा बिना देश बिकास सम्भब नरहेको पनि प्रष्ट पारे ।

‘गुणस्तरीय शिक्षा आजको आबश्यकता हो’ उपमेयर अधिकारीले भने, ‘त्यसको लागि सामुदायिक विद्यालय र महानगरपालिकाबीच समन्वय र सहकार्य हुन जरुरी छ ।’ वार्षिकोत्सवको अवसरमा सांस्कृति प्रस्तुति, विद्यार्थीहरुको नृत्य,न्यानो कपडा बितरण,छात्रवृत्ति बितरणलगायतका दर्जनौ कार्यक्रम सम्पन्न भइसकेका छन् ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य लिला शर्मा, अभिभावकहरुको तर्फबाट मित्र निधि तिवारीलगायतले बोलेका थिए ।
विद्यालयमा अहिले आधारभूततर्फ ४५७ र माध्यमिक विद्यालयतर्फ २८५ विद्यार्थी अध्ययनरत छन् । यस्तै सुस्तश्रवण एकाइमा २६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग पर्याप्त जग्गा भएका कारण त्यसैको भाडाले मनग्य आम्दानी गर्दैआएको छ । त्यही आम्दानीबाट विद्यालयले विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा निःशुल्करुपमा उपलब्ध गराउन सकेको छ । भरतपुर महानगरपालिकामा अहिले १११ वटा सामुदायिक बिद्यालय र ९७ वटा संस्थागत विद्यालय गरी २०८ वटा विद्यालयहरु रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>