चितवन विशेष

भरतपुरमा घर बनाएर बस्नेले माडीमा राजनीति गर्न थाले: रिना गुरुङ

Banner

चितवन, माघ १-

राप्रपा नेतृ एवम् पूर्व प्रदेशसभा सदस्य रिना गुरुङले भरतपुर र काठमाडौंमा ठूलाठूला घर बनाई बस्नेहरुले माडीमा राजनीति गर्ने गरेको आरोप लगाएकी छन् ।

थारु कल्याणकारिणी सभा माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु सम्बत् २६४७ को समापन कार्यक्रममा आज उनले माडीको विकासमा एकले अर्काेको खुट्टा तान्ने प्रवृत्ति मौलाएको भन्दै यस्तो आरोप लगाएकी हुन् ।

भूमिपुत्र थारुहरुको बस्ती रहेको माडीलाई आफूहरु पर्यटकीय क्षेत्र बनाउँन लागिरहेपनि केहीले राजनीतिक परीक्षण थलो बनाइरहेको उनले बताइन् । उनले भनिन्, ‘ भरतपुर र काठमाडौंमा ठूलाठूला घर बनाई बस्नेहरुले माडीमा राजनीति गर्ने गरेका छन् ।’ माडीलाई मणि बनाउँने र निकुञ्जभित्र सुरुङ मार्ग एवम् आकाशे पुल बनाउने कुरा हराएको औंल्याउँदै नेतृ गुरुङले माडी क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति रहेको बताइन् । सांसद बिक्रम पाण्डेले थारु समुदायका लागि धेरै योगदान गरेकोले आफूले उहाँलाई बिक्रम थारु रुपमा पनि बुझ्ने गरेको बताउँदै नेतृ गुरुङले माडीलाई राजनीति गर्ने थलो नबनाई सेवा गर्न सबै मिल्न अनुरोध पनि गरिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>