प्रवास

११ दिनमै कुवेतले गर्‍यो १४ सय विदेशीलाई देश निकाला

Banner

काठमाडौं,माघ १-

कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लंघनकर्तालाई देश निकाला गरेको जनाएको छ । कुवेतले कानुन उल्लंघन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो ।आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लंघन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

जारी र भविष्यका सुरक्षा अभियानहरूमा जोड दिँदै स्रोतलयी प्रयासहरूलाई सबै क्षेत्रहरूमा कायम राख्न र विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको एवं रेसिडेन्सी र रोजगार कानुन उल्लंघन गर्नेहरूको ठूलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाएको छ ।

रेसिडेन्सी मामिला अनुसन्धान विभागले विगत १० दिनमा मात्रै विभिन्न क्षेत्रमा लक्षित सुरक्षा अभियानमार्फत रेसिडेन्सी तथा लुज लेबर ऐन, उल्लंघन गर्ने करिब ७ सयलाई पक्राउ गर्न सफल भएको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>